विश्वासको मत नपाउने भएपछि बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा
साउन ०६, २०८१
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् ।
आइतबार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक राखिएको थियो ।
सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन् ।







