कुबेर शाह स्मृति कप भलिबलको उपाधि ज्ञानज्योतीलाई

असोज ०५, २०८१     लक्ष्मण बस्नेत


तुलसीपुर ५ असोज । दाङ तुलसीपुर अरनिको मैदानमा संचालित स्वर्गीय कुबेर बहादुर शाह स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ ।

नेपाली काग्रेस तुलसीपुर नगर कार्यसमितिको आयोजना तथा फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको प्राबिधिक ब्यबस्थापनमा अरनिको खेल मैदान तुलसीपुर संचालित प्रतियोगिताको फाइनल खेलमा ग्रेट अरनिको माबी तुलसीपुर २५/१३,२५/१४ र २५/१४ अर्थात ३/० को सोझो सेटमा पराजित गर्दै ज्ञानज्योतीले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद एक लाख पाँच हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाईनलमा पराजित अरनिको उपबिजेतामा सिमित रहदै नगद नगद ६५ हजार, कप मेडल प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै हेलो मोबाई ए तुलसीपुरले तृतिय स्थान हात पार्‍यो । तत्कालीन समयमा समग्र राप्ती अञ्चलकै खेलकुदको बिकास र बिस्तारमा अतुलनीय योगदान पुर्‍याउने खेलकुद क्षेत्रका हस्ती स्वर्गीय कुबेर बहादुर शाहको स्मृती तथा सम्झनामा नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा बेष्ट प्लेयर खेलाडी ज्ञानज्योती कलेजका हेमन्त मल्ल भए ।

उनले नगद ३५ सय र ट्रफी हात पारे । त्यस्तै वेष्ट ब्लकर ज्ञान ज्योतिकै चिरण खड्का, वेष्ट स्पाइकर ग्रेट अरनिकोका बिक्रम बोहरा, बेष्ट सेटर ज्ञानज्योतिका सुवास कवर, वेष्ट लिब्रो ग्रेट अरनीको का अविशेक वलि र वेष्ट सर्भर ग्यानज्योतिका मनिष मानन्धर लाई क्रमशः जनही २५ सयका दरले नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म संचालित प्रतियोगिता १२ टिमको सहभागिता रहेको थियो ।