रहेनन् गीतकार विश्व वल्लभ

असोज २३, २०८१


चर्चित गीतकार विश्व वल्लभको मृत्यु भएको छ । अन्नपूर्ण न्युरो अस्पतालमा आज उनको मृत्यु भएको हो ।

मस्तिष्कघात भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत थिए । मस्तिष्कघातका कारण उनको शरीरको देब्रे पाटो चल्दैन थियो । थापाथलीस्थित घरमै अचानक उनलाई मस्तिष्कघात भएको थियो । घरमा एकल जीवन बिताइरहेका वल्लभलाई बिरामी भएपछि अस्पताल लगिएको थियो ।

केही दिन पहिला अस्पतालबाट घर लगिए पनि निमोनिया भएपछि पुनः अस्पताल भर्ना गरिएको थियो ।लामो समय रेडियो नेपालमा जागिरे रहेका वल्लभका दुई छोरी छन् । दुवैले विवाह गरिसकेका छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरको कारण मृत्यु भएको थियो ।