घन्टी बजाउँदै रविले दिए गिरफ्तारी

कार्तिक ०२, २०८१


पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दैगर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साँध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।