खड्कालाई विब्यस अध्यक्ष बनाउन सहमति
कात्तिक १७ । तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौर स्थित गुरु जजुर नमुना माध्यामिक विद्यालय रक्षाचौरको नयाँ विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनाउने सहमति भएको छ ।
तुलसीपुर क्षेत्रमा क्रियासिल सर्वदलिय बैठकले दाङ जिल्ला निर्माण ब्यबसायी समितिका उपाध्यक्ष समेत रहेका नेपाली काँग्रेसका नेता खड्कालाई सर्वसम्मत रुपमा विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनाउने सहमति गरेको हो ।
यो सहमति कायम भएको हुँदा तिहार लगतै खड्का सर्वसम्मत रुपमा गुरु जजुर माविको ब्यबस्थापन समितिको अध्यक्ष बन्ने निश्चित भएको हाे । रक्षाचौरका खड्का युवा माझ लोकप्रिय मानिन्छन् ।
नेपाली कांग्रेस तुलसीपुर नगरका सभापति सुरेश हमाल, नेकपा एमाले तुलसीपुर नगर कमिटी अध्यक्ष रुप बहादुर खत्री र नेकपा माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष मोहन थापा बिचमा कांग्रेसका खड्कालाई विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाउने समिती भएको छ ।