चलचित्र ‘ह्रस्व दीर्घ’को टिम मंगलबार दाङ आउने

मङि्सर १०, २०८१


मंसिर १०, यही कार्तिक ३० गतेबाट देशभरि प्रदर्शन भइरहेको चलचित्र ह्रस्व दीर्घको टिम मंगलबार दाङ आउने भएकाे छ । निता ढुंगाना, हरिहर अधिकारी लगायतका कलाकारहरू दाङका दर्शकहरूसँग सँगै बसेर चलचित्र हेर्न तथा दर्शकबाट पाएको साथ र मायालाई आत्मसाथ गर्दै दर्शक प्रतिक्रिया र भेटघाटका लागि दाङ आउन लागेका हुन ।

मंगलबार भिएफएक्स सिनेमाज नारायणपुरमा सबै शाेहरुमा चलचित्रका कलाकारसँगै दर्शकहरूले सँगै बसेर चलचित्र हेर्न पाउनेछन् । चलचित्र देशभरि दोस्रो सातामा प्रदर्शन भइरहेको छ । नेपाली तथा भारतीय कलाकारको अभिनय रहेको चलचित्रले यतिबेला दर्शकको राम्रो साथ पाइरहेको छ ।

चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’लाई अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा हरिहर र नीताका अलावा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ ।

नीता फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन् । चलचित्रलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन् ।