खानेपानीको चुनाव : पत्रकारिताका हस्ती शरद रेग्मीको कोषाध्यक्ष पदमा चर्चा

फागुन १२, २०८१


फागुन १२, तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको कोषाध्यक्ष पदमा पत्रकारिता क्षेत्रका हस्ती शरद रेग्मीको कोषाध्यक्ष पदमा उमेद्वारीको चर्चा भएको छ । नेपाली काँग्रेसको तर्फ बाट आधिकारिक उमेद्वार भई चुनाव लड्ने रेग्मीले घोषणा गरेका छन् ।

रिपोटर्स क्लव नेपाल दाङ शाखाका अध्यक्षसमेत रहेका पत्रकार रेग्मीले चैत २ गते हुन गई रहेको संस्थाको निर्वाचनमा आँफु काँग्रेसको आधिकारिक टिमबाट कोषाध्यक्ष पदमा चुनाव लड्ने बताए । उनि रेडियो सन्जिबनीका स्टेशन म्यानेजर, तुलसीपुर उद्योग बाणिज्य संघको प्रेस सल्लाहकार, एभिन्युज टेलिभिजनको दाङ संवाददाता, त्रिसिद्देश्वरि राप्ति यातायात प्रा.लि.का प्रेस सल्लाहकार, नेशनल प्याब्सन दाङ र रोटरि क्लब अफ तुलसीपुर सिटि लगायत बिभिन्न सामाजिक संघ संस्थामा क्रियाशिल छन ।