‘परालको आगो’ को छायांकन सकियो, बैशाख ११ मा प्रदर्शन हुने

मङि्सर १०, २०८२


मंसिर ९, वि.सं. १९९७ सालतिरको कालखण्डमा आधारित फिल्म ‘परालको आगो’ को छायांकन पूरा भएको छ । जेनजी आन्दोलन लगत्तै भदौ अन्तिमबाट म्याग्दीमा छायांकन सुरु गरिएको फिल्मको मंगलबार सोही ठाउँमा अन्तिम दृश्य खिचियो । ४० दिनमा चारवटा गीतसहित फिल्मको सम्पूर्ण छायांकन सकिएको निर्माता सुशील पोखरेलले बताए ।

छायांकन पूरा भएसँगै आगामी बैशाख ११ गतेलाई फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ । निर्माता पोखरेलले कुनै फिल्मसँग नभिड्ने उद्देश्यले महत्त्वपूर्ण मिति छाडेर आफूले साधारण मितिमा फिल्म रिलिज गर्न लागेको बताए । उनले आफूले घोषणा गरेको मितिमा अरु फिल्म नजुधाइदिन पनि आग्रह गरेका छन् ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा यस सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, एन्जिला बानियाँ बाल कलाकार लगायतको अभिनय रहेको छ । फिल्ममा प्रकाश र सुहानाले श्रीमान्(श्रीमती ९चामे र गौँथली०को भूमिका निभाएका छन् भने सौगात जुठे दमाईको भूमिकामा छन् ।

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित यो फिल्ममा सुशील देवकोटाको लेखन रहेको छ भने सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपूतले गीत लेखेका छन् । संकल्प भुजेल फिल्मका छायाँकार हुन् । ‘परालको आगो’ श्रीमान्-श्रीमती चामे र गौँथलीबीचको झगडाको कथा हो । यो कथामा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म बनाएका थिए ।