ज्ञान ज्योति फाउन्डेसनको तेस्रो लिटिल स्टार च्याम्पियनसिप सुरु
मङि्सर २५, २०८२
मंसिर २४, ज्ञान ज्याेति फाउन्डेसनको आयोजनामा तेस्रो लिटिल स्टार च्याम्पियनसीप- २०८२ बेल्झुल्डी रंगशालामा आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टिका बहादुर जि.सी.ले कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे । ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा फाउन्डेसन भित्र रहेका विद्यालयहरूको सहभागिता रहनेछ ।
बिद्यार्थीहरुको सिर्जनात्मक शक्ति, बिद्यार्थीहरुकाे सहकार्य गर्ने भावना, विद्यार्थीहरुको आत्माबिश्वास बढाउने, बिद्यार्थीहरुमा जोश जाँगर र खुशी प्रदान संगै, नेतृत्वदायी भुमिका प्रदान गर्ने उद्देश्यका उदेश्यका साथ विभिन्न खेलहरूको आयोजना गरी लिटिल स्टार च्याम्पियनसिप सञ्चालन गरिनेछ ।
उद्घाटन कार्यक्रमकाे फोटो फिचर















