जेठ ५ गतेसम्म लकडाउन लम्व्याउने सरकारको निर्णय
बैशाख २४, २०७७
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्व्याउने निर्णय गरेको छ।
मंगलबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिको बैठकले वैशाख २५ गतेपछि पनि लकडाउन जारी राख्न सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार मन्त्रिपरिषद बैठकले लकडाउन लम्व्याउने निर्णय गरेको हो।
बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो।






