बुद्ध जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा

बैशाख २४, २०७७


बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक विदा दिएको छ। चण्डी पूर्णिमा र बुद्ध जयन्तीको अवसरका भोलि सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू हुने गरी बिदा रहेको जानकारी दिए।