डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

असोज १७, २०७८


काठमाडौं,
असोज १६ ।

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो ।

भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, स्रष्टा डा. उपाध्यायलगातले संयुक्त रुपमा लोकार्पण गर्नुभएको थियो ।

उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समिक्षा गर्नुभएको थियो भने प्रमुख अतिथि र अन्य अतिथिहरूले सरल र मिठासपूर्ण रहेको टिप्पणी गर्नुएभएको थियो । टिन एजलाई लक्षित गरि लेखिएको उपन्यासमा समाजिक विषय वस्तु र जातिय विभेदका कुरा उठान गरिएको उहाँहरूले बताउनुभयो । पुस्तकले हाम्रो समाजका धेरै कुराहरूलाई उजागर गरेको भन्दै पढदा आनन्द मिल्ने उहाँहरूको जिकिर थियो । बयालिस भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ ।

सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा लोकार्पण समारोहमा संगीतकार तथा गायक सागर अधिकारी ‘शरद’, निर्देशक माइकल चन्द, डब्बु क्षेत्री, गीता अधिकारी, सुरेन्द्र थापा, सुशिल खनाल, राधव भट्टराई, उत्तम मैनाली लगायतका अतथिहरूको उपस्थिति रहेको थियो ।

डा. उपाध्यायका यसअघि ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।