तेलको भाउ १९ प्रतिशतले बढ्दा सुनको किन घट्यो ?

कार्तिक ०४, २०७९


अघिल्लो वर्षको तुलनामा यसवर्ष कच्चा तेलको भाउमा १९ प्रतिशतले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तसम्म प्रति ब्यारेल अमेरिकी डलर ७५.१४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७९ भदौ मसान्तमा १९.० प्रतिशतले वृद्धि भई ८९.४३ अमेरिकी डलर पुगेको हो । 

तर, सोही अवधिमा यता सुनको भाउमा भने गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा २०७८ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य १७४७.९५ अमेरिकी डलर रहेकोमा २०७९ भदौ मसान्तमा ४.८ प्रतिशतले कमी आई १६६४.६५ डलरमा झर्न पुगेको हो ।