चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको सल्लाहकारमा दिपक कुमाल चयन

माघ ११, २०७९     सम्पूर्ण कुरा


चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाको पाचौ अधिबेशन बाट बनेको नयाँ कार्यसमितिले पहिलो बैठक मार्फत संस्थाको सल्लाहकारमा दिपक कुमाललाई चयन गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको निवर्तमान कार्यपालिका सदस्य समेत रहेका कुमाल यस अघि संस्थाको कार्यसमिती सदस्य पदमा रहेर काम गरिसकेका छन । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा बसेको बैठकले उनलाई सल्लाहकारमा चयन गरेको हो । यस्तै बैठकले चलचित्र पत्रकार संघ नेपाल दाङ शाखालाई क्रियाशिल बनाई अघि बढाउन पहिलो एक बर्षको कार्ययोजना समेत निर्माण गरि अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ भने जिल्ला अधिबेशन सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद समेत दिएको छ ।