तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड हुदै

माघ १८, २०७९


लक्ष्मण बस्नेत, १८ माघ दाङ । तुलसिपुर नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हुने भएको छ । महेन्द्र माबी तुलसिपुरको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा यहि फागुन ४ गते देखि रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बेल्झुन्डी रंगशालामा हुनेछ । ४ दिन सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबडी, छात्र/छात्रा, ऎथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र / छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र/छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिन थ्रो र सटपुट छात्र/छात्रा बिच कडा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका सामुदायिक तथा निजि बिधालय गरि ३० बढी बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र/छात्रा ले मात्र भाग लिन पाउनेछ्न् । यसैबिच प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको महेन्द्र माबी तुलसिपुरले रनिङ शिल्ड प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ । प्रतियोगिता लाई भब्य एवं सभ्य तवर ले सम्पन्न गर्न आयोजक महेन्द्र माबी तुलसिपुरले भेलाको आयोजना गरि बिधालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे अरुण संयोजक रहेको ९ सदस्यिय प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरेकोछ । जसको सदस्य सचिवमा बिधालयका प्रधानाध्यापक जित बहादुर थापा, सदस्यहरुमा सुर्य बहादुर बस्नेत, नेत्रमणी पाण्डे, लेखनाथ शर्मा, नोखी रावत, लक्ष्मण बस्नेत, घनश्याम डागी, राजिव ओझा रहनु भएकोछ । त्यस्तै भेलाले राष्ट्रपति रनिङ शिल्डमा उमेरको हदमा १८ वर्ष नाघेको र तुलसिपुर नगर क्षेत्र बाहिरको छात्र छात्रा बिधालयबाट सहभागी गराएको प्रमाणित भएमा सम्बन्धित बिधालय लाई एक वर्ष रनिङ शिल्ड प्रतियोगितामा प्रतिबन्ध लगाउने भेलाले निर्णय समेत गरेकोछ । साथै मुल समितिले प्रतियोगिता लाई व्यवस्थित र मर्यादित बनाउन मुल समितिको मातहतमा रहने गरि आगामी बैठकबाट विभिन्न उपसमिती बनाउने तयारी गरेको मुल समिती संयोजक ऋषिराज लहरेले जानकारी दिनु भएको छ । भेलामा तुलसिपुर उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा, तुलसिपुर नगर क्षेत्रका सामुदायी तथा निजि बिधालयका प्रधानाध्यापक एवं प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।