साढे २ घन्टाको ‘माग्ने राजा’लाई ‘यूनिभर्सल सर्टिफिकेट’

साउन ३२, २०८२


ऋषि लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘माग्ने राजा’लाई ‘यूनिभर्सल सर्टिफिकेट’ मिलेको छ । यो फिल्मलाई चलचित्र विकास बोर्डबाट ‘यूनिभर्सल सर्टिफिकेट’ मिलेको हो । 

अब, यो फिल्मलाई हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् । चलचित्र सेन्सर बोर्डमा फिल्म हेरेपछि कर्मचारीहरूले उत्कृष्ट प्रतिक्रिया दिएको वुझिएको छ । उनीहरुले, लामो समयपछि एक उत्कृष्ट फिल्म हेर्न पाएको प्रतिक्रिया दिएपछि निर्माणपक्ष उत्साहित छ । फिल्मको क्लाइमेक्सले दर्शकलाई अझै सरप्राइज दिने वुझिएको छ । 

मुनाल घिमिरेको निर्माणमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको टिजर, ट्रेलर र गीतसंगीतले दर्शकको साथ पाइसकेको छ ।
फिल्मको गीत अहिले सामाजिक संजालमा भाइरल छ । 

कमेडी जनरामा निर्माण भएको यो फिल्मले दर्शकलाई शक्तिशाली सन्देश समेत दिने दाबी निर्माणपक्षको छ ।