आज कति छ सुनचाँदीको भाउ ?

असार १५, २०७७


 नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यस्तै तेजावी सुन तोलामा ९० हजार ८६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ९४५ रुपैयाँमा कारोबार भएको छ ।