आजबाट २०७७ साल सुरु

बैशाख ०१, २०७७


आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ । वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउँछन् । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्यांकन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्दछन् ।

कोरोनाको कहरसंगै यो वर्षको नयाँ वर्ष विगतको जस्तो भने भएन । पहिला विभिन्न सांगीतिक कार्यक्रम साथै घुमफिर गरेर वा अन्य कुनै कुराबाट मनोरञ्जन गर्दै मनाईउने गरिएको नयाँ वर्ष यो वर्ष भने कोरोनाका कारण घरमै वसेर मनाईएको छ । विभिन्न सामाजिक संजाल मार्फत शुभकामना आदानप्रदान गर्दै,परिवारहरुसंग खुसी साट्दै नयाँ वर्ष मनाईएको छ ।