तुलसीपुरको तरकारी बजार सिल
बैशाख ०२, २०७७
सम्पूर्ण कुरा सम्वाददाता
वैशाख २ तुलसीपुर,तुलसीपुर उपमहानगरपालिकामा रहेको तरकारी तथा फलफुल बजार आजदेखि सिल गरिएको छ । भारतबाट ल्याइएको तरकारी तथा फलफुलको अवैध प्रवेश वढेपछि तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखा लगायतको अनुगमनबाट बजार सिल गरिएको हो । भारतबाट तरकारी ल्याउन वन्द गर्ने भन्ने सर्वपक्षिय निर्णय गरेपनि कुनै पनि प्रक्रिया पुरा नगरेर भारतबाट तरकारी ल्याउने गरिएकाले सिल गरिएको हो । हरेक दिन तरकारी वजारमा ५ वटासम्म भारतिय गाडीले तरकारी ल्याउने गरेका छन् ।







