घर जान पाउनुपर्ने भन्दै दाङका मजदुरहरु आन्दोलित
शरद रेग्मी
बैशाख ४
सरकारले लागु गरेको लकडाउनका कारण जिल्लाका उद्योगहरुमा रहेका हजारौं कामदारहरु समस्यामा परेकाे भन्दै आन्दोलित भएका छन् ।
लकडाउन सुरु भए लगत्तै स्थानिय प्रशासनले आवत जावतमा कडाई गरेपछि जिल्लाका अधिकाश उद्योगहरु बन्द हुने अबस्थामा पुगे पछि उनिहरुलाई खानपिनमा समस्या देखिएको छ ।
करिब तिन दर्जनबढि ईट्टा उद्योगहरुमा अधिकाश कामहारहरु भारतिय मुलुकका रहेका छन् । उनिहरुले आफुहरु घर जान नपाए सडकमा आन्दोलन गर्ने चेतावनि समेत दिएका छन ।
लकडाउनको समयमा भारतिय मुलुकका कामदारहरु समुहमा काम गरिरहेको सुचना प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल सहित सुरक्षा प्रमुखहरुले नेतृत्वमा केहि उद्योगहरुमा अनुगमन समेत गरिएको छ । उद्योग अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी रिजालले कामदारहरुलाई अनिबार्य मास्क र उनीहरुको ब्यक्तिगत सुरक्षामा ध्यान दिन उद्योग संचालकहरु अनुरोध गर्नु भएको थियो ।त्यसैगरी उनले भारतिय कामदारहरुलाई उद्योग भन्दा बाहिर निस्कन नदिन समेत आग्रह गरे । लकडाउन अन्त्य नहुदाँ सम्म कामदारहरुलाई उद्योग भित्रै खानपिनको ब्यबस्था मिलाउन उद्योग संचालकहरुलाई उनले आग्रह गरे ।
यता दाग जिल्ला ईट्टा उधोग सघका अध्यक्ष रोम वलिले उधोग हरुमा समस्या पैदा भएको बताउनुभयो ।
उहाले मजदुरहरुको ब्यबस्थापन तत्काल मिलाउन समेत सरकारको ध्याणाकर्षण गराउनुभएको छ ।






