पैदल यात्रुलाई क्‍वारेन्टाइनमा राख्‍न मुख्यमन्त्री पोखरेलको निर्देशन

बैशाख ०५, २०७७


प्रदेश सरकारले पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रा गर्न रोक लगाएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार सुरक्षाकर्मीलाई सडकमा लामो दूरीको पैदल यात्रामा निस्किएका यात्रीलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।

उनीहरुको खाने र बस्ने व्यवस्थापन गर्न स्थानीय सरकारलाई समेत मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।

प्रदेश सरकारले पूर्वी नाकाबाट प्रवेश गर्नेहरुका लागि पश्चिम नवलपरासीको बर्दघाटमा १ सय १ बेडको क्वारेन्टाइन स्थापना गरेको छ । लकडाउनको मारमा परेर घर फर्कन पूर्व–पश्चिम राजमार्गमा दैनिक सयदेखि दुई सयसम्मको लस्कर देखिने गरेको छ ।