पैदल घर हिँडेका नागरिकलाई गन्तव्यमा पुर्याइदिन सरकारलाई सर्वोच्चको आदेश
बैशाख ०५, २०७७
काठमाडौं, वैशाख ५ सर्वोच्च अदालतले लकडाउनका कारण पैदल हिँडेर घर जाँदै गरेका नागरिकलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुर्याउन सरकारलाई आदेश दिएको छ।
शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलासले काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रबाट आफ्नो गाउँ जान पैदल हिँडेका नागरिकलाई उनीहरुको गन्तव्यमा सुरक्षित साथ नि:शुल्क पुर्याइदिन सरकारलाई अन्तरिम आदेश दिएको हो।
‘विकल्पको अभावमा बाध्यतामा परी हाल काठमाडौं र अन्य शहरी क्षेत्रबाट आफ्नो गाउँतर्फ पैदल हिँडेकाहरुलाई सुरक्षित सुरुमा गन्तव्यमा पुर्याउनु राज्यको प्राथमिक दायित्व हो,’ आदेशमा भनिएको छ।






