पूर्वसचिव उपाध्यायलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति
बैशाख ११, २०७७
जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीमप्रसाद उपाध्यायलाई तीन दिन थुनामा राख्न अनुमति दिएको छ।
बिहीबार जिल्ला अदालत काठमाडौंले विद्युतीय कारोबार ऐनमा व्याख्या भएको कसूर अनुसार अनुसन्धानका लागि उपाध्यायलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। थुनामा राख्न अनुमति माग्दै प्रहरीले पूर्वसचिव उपाध्यायलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानूनी विषय लेखेको आरोपमा पूर्वसचिव उपाध्यायलाई बुधबार राति प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका उपाध्यायलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखेको छ।






