‘आरआरआर’को थिएट्रिकल राइट्सका लागी ५ सय करोड अफर

माघ २६, २०७७


काठमाडौं – एसएस राजामौलीको निर्देशित सिनेमा ‘आरआरआर’को थिएट्रिकल राइट्सको लागी सर्वाधिक मंहगो मुल्य अफर भएको छ । बलिउड मिडियाका अनुसार सिनेमाको थिएट्रिकल राइट्स मात्रै ५०० सय करोड बढिमा बिक्रि हुनेछ । सिनेमाले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने अनुमान बलिउड पण्डितहरुको छ ।

अक्टोवर १३ बाट विशवभरका सिनेमा घरमा रिलिज हुने सिनेमामा जुनियर एनटिआर, रामचरण तेजा, अजय देवगण, आलिया भट्ट र ओलिभिया मोरिसको अभिनय रहेको छ । डिभिभि इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमा भारतमा मात्रै पाँच भाषमा रिलिज हुँदैछ ।

सिनेमाको तेलुगु, तमिल, कन्नड र मलयालम गरी चार भाषमा मात्रै ३ सय ४८ करोड थिएट्रिकल राइट्स अफर भएको बलिउड मिडियाले उल्लेख गरेका छन् । यस्तै, ‘आरआरआर’को हिन्दी र विदेश राइट्सको लागी १ सय ७० करोड अफर भएको हो । तर, अहिलेसम्म निर्माण टिमले सिनेमाको थिएट्रिकल राइट्स विक्री गरेको छैन ।

बलिउड मिडियाका अनुसार सिनेमाको डिजिटल र स्याटेलाइटस् राइट्स बिक्रि हुँनै बाँकी छ । ३ सय ५० करोडमा निर्माण भएको सिनेमाले रिलिज अगावै नाफा कमाउने छ ।