सुदुरपश्चिममा तीन नयाँ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ९ पुग्यो

चैत २३, २०७६


भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका अर्का ४१ बर्षीय पुरुषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषका आफन्त एक जना महिलामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित महिला चौथो संक्रमित व्यक्तिका भाउजू हुन्।

स्वास्थ्य मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् ।  योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीका अनुसार तीनै जना आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
योसँगै नेपालमा कोरोनाको संक्रमित संख्या नौ पुगेको छ।