कोरोनाको साइत कुरेर नबस्न सरकारलाई कांग्रेस प्रवक्ता शर्माको आग्रह

चैत २३, २०७६


मुख्य बिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरेको छ।

कांग्रेसले छिमेकी मित्रराष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ भयावहको स्थितिको प्रतीक्षा नगर्न पनि आग्रह गरेको छ।

कैलालीका एक स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणलाई व्यापक बनाउन कांग्रेस आग्रह गरेको छ। कैलाली र कञ्चनपुरमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि कांग्रेस सरकारलाई अझै साइत कुरेर नबसी व्यापक परीक्षण गर्न विज्ञप्तिमार्पत आग्रह गरेको हो

’सरकारलाई हाम्रो अपिल छ यसअघि संक्रमित देखिएका सबैको परिवारजन छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण परीक्षण परीक्षण तत्काल तत्काल र तत्काल गरौँ’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ’बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रूपमका क्वारेन्टाईनमा बस्न कडाइका साथ सूचना जारी गरौँ र सबै स्थानीय तह र स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गरौँ ।’

उनले हेलचेर्क्याईंले समुदायमा कोरोना भाइरस फैलिए परिणाम भयावह हुनेतर्फ बेलेैमा सचेत हुन आग्रह गरेका छन्।