“कोरोना संक्रमण रोकथाम“ का बिषयमा अनलाईन हेन्डराईटिङ कम्पिटिसन हुने ।।

चैत २३, २०७६


 

सन्तोष के सी
तुलसीपुर २३ दाङ,

कोरोना भाइरसका कारण लकडाउनको समयमा आफनो घर घरमै बसेर अनलाईन हेन्डराईटिङ कम्पिटिसनमा सहभागि जनाउन सकिने भएको छ । समयलाई सदुपयोग गर्नका लागि अनलाईन हेन्डराईटिङ कम्पिटिसन बनाउनुको मुख्य उदेश्य लक्डाउन अबधीमा बिद्यार्थीहरु को हस्तलेखन मा निखारता ल्याउनु, सकारात्मक सोच को बिकास गराउनु, पढ्ने, लेख्ने बानी को बिकास गराउनु, आत्म बिस्वासि र सिर्जनशील बन्न अभिप्रेरित गर्नुका साथै कोरोना रोकथाम को बिसयमा आम मान्छेहरु लाई सचेत गराउनु रहेको छ । विद्यार्थि भाई बहिनीका लागि डिभाइन ईन्स्टिच्युट तुलसिपुर दाङले सन्चालन गर्न लागेको जिल्ला स्तरीय “इलष्लिभ ज्बलमधचष्ततष्लन ऋयmउभतष्तष्यल“ मा सहभागी हुन चाहाने विद्यार्थिका लागि डिभाइन ईन्स्टिच्युटको पेज म्ष्खष्लभ ष्लकतष्तगतभ मा पठाउन सकिने भएको छ । अहिले विश्वब्यापी समस्याको रुपमा फैलियको “कोरोना संक्रमण रोकथाम“ का बिषय मा एक पेज नेपाली, र एक पेज अंग्रेजी बिषयमा कक्षा दुई देखि कक्षा दश सम्मका विद्यार्थिहरुले आफनो आफनो धारना लेखेर डिभाइन ईन्स्टिच्युटको आधिकारिक पेज म्ष्खष्लभ ष्लकतष्तगतभ मा पठाउन सकिने छ यो कम्पिटिसनका लागि यहि चैत्र २४ गते देखि २८ गते सम्म प्राप्त हुने राईटिङ लाई समावेश गरिनेछ । यो राईटिङ कम्पिटिसनमा प्रथम, द्दितिय, तृतीय र सान्त्वना हुने लाई आकर्षक पुरस्कार, नगद तथा प्रमाण पत्र हस्तान्तरण गरिने डिभाइन ईन्स्टिच्युटका म्यानेजिङ डाईरेक्टर हिमाल डाँगिले जानकारी दिनुभयो ।