तुलसीपुर पुलचोकका तीन पसलमा चोरी

चैत २४, २०७६


तुलसीपुरका तीन पसलमा चोरी भएको तुलसीपुर बसपार्क पुलचोक आसपासका  तीनवटा पसलमा गएरातिचोरी भएको हो लकडाउनको मौका छोपी गएराति प्रेम बाँठाको मदिरा डिलर, पुलपारी एउटा फेन्सि पसल   अर्कौ एउटा श्रीङगारपसलमा चोरी भएको

तुलसीपुर बसपार्कका असई सोमराज हमालले मध्यराततिर चोरी भएको हुन सक्ने जानकारी दिए

बाँठाले ५० देखि ६० हजार सम्मको मदिरा चोरी भएको भन्ने जानकारी दिनुभएको ,’ हमालले भनेअरु दुईवटा पसलमा कति चोरीभयो अझैं खुल्न सकेको छैन।

चोरले ती पसलका सटरमा लगाएको ताला फोडेर चोरी गरेको देखिएको पसलमा भएको चोरीको घटनावारे जाहेरी दिन पीडितहरुसोमवार विहान इलाका प्रहरी कार्यालय तुलसीपुर पुगेका छन्

यसैबीच प्रहरी असई हमालले आफुले सोमवार विहान बजेतिर मात्रै दुई बालकलाई चोरी गरेको आशंकामा पक्राउ गरेको जानकारीदिएका छन् पक्राउ परेका मध्य एकजना १० बर्ष अर्कौ १५ बर्षका बालकहरु रहेको असई हमालले बताए पक्राउ परेका दुबैजनालाई इप्रका तुलसीपुरमा राखिएको एउटालाई पसलमा चोरी गर्दै गरेको आशंकामा अर्कौलाई होटेलमा चोरी गर्दै गरेको जस्तोदेखिएपछि आफुले उनीहरुलाई नियन्त्रणमा लिइएको असई हमालले बताए

उनीहरु नाबालक रहेको हुँदा नाम भने गोप्य नै राखिएको प्रहरी आफैले पनि मदिरा लगाएका बस्तुहरु चोरी भएको हुँदा त्यसमा तीबालकको संलग्नता छैन कि भन्ने अनुमान गरेको

गएराति आफै ११ बजेसम्म डिउटीमा थिए त्यतिबेला सम्म सबै ठिक थियो,’ हमालले भनेत्यो भन्दा पछाडि ती पसलहरुमा चोरीभएको हुनुपर्छ

घटनावारे अनुसन्धान भइरहेको असई हमालले जानकारी दिए तर इप्रका तुलसीपुरका प्रहरी अधिकारीहरुले भने घटनावारे अनभिज्ञताजाहेर गरेका छन्