लकडाउनको समयमा इन्टरनेट प्रयोग ह्वात्तै बढ्यो : वर्ल्ड लिंक

चैत २६, २०७६


कोभिड १९ को महामारी फैलिरहँदा नेपालमा भएको लकडाउनले लाखौं मानिसहरु घर भित्र बस्न बाध्य हुनुका साथै धेरैले आफ्नो काम घरबाटै इन्टरनेटको माध्यमबाट गरिरहेका छन् ।

यसको परिणाम स्वरुप इन्टरनेट प्रदायक कम्पनीहरुको इन्टरनेट प्रयोगमा बृद्धि भएको छ । यस अनुरुप वर्ल्डलिंकको प्रयोग दर ५० प्रतिशतले बृद्धि भएको कम्पनीले जनाएको छ ।