दाङमा रगत अभाब सङ्गै नयाँ बर्षको दिन तुलसिपुरमा रक्तदान ।

बैशाख ०१, २०७७


प्रकाश डागी

बैशाख १ तुलसिपुर लकडाउनका कारण दाङमा रगतको अभाब देखिएपछी नयाँ बर्षको अवसर पारेर तुलसिपुरमा रक्तदान गरिएको छ । जिल्लामा केहि समय यता भएको लकडाउनका कारण रगतको अभाब देखिएकोले रगत अभाबको कारण कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटायक क्लब तुलसिपुरका कमल डाङ्गीले बताए । जिल्लामा रगत अभाब हुन नदिन नयाँ बर्षको दिन तुलसिपुरमा रोटायक क्लब तुलसिपुर र तुलसिपुर नगर जेसिसले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । त्यस अबसरमा २३ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुमा प्रकाश डागी,भिमलाल मरासिनी,प्रतिक केसि,प्रदिप केसि,रन्जन सिह,सुनिता देबकोटा,प्रदिप गोराथोकी,किरण पुन,सचिन पौडेल,समुन्द्र शाह, प्रमोद खत्री ,पुर्ण बहादुर डागी त्यसै गरि शैलेस वलि,बशन्त शाही ठकुरी,कृष्ण पोख्रेल,शिब न्यौपाने,मेघराज पोख्रेल ,लक्षम्ण शर्मा,अर्जुन केसि,समिर शाह,भुवन केसि र इश्वर केसि लगाएतका युवाहरुले रक्तदान गरेका थिए ।