कोरोना निको भएर दाङको बेलझुण्डीबाट ८ जना घर जाँदै ।।

जेठ १६, २०७७


जेठ १६ तुलसीपुर, कोरोना विशेष अस्पताल बेलझुण्डीबाट आज ८ जना कोरोना संक्रमित निको भएर घर जाँदैछन् । दुईपटक सम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज घर पठाउन लागिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिए ।

व्यवस्थापक वलीका अनुसार आज निको भएर घर जानेमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जना सहित ८ जना छन् । उनिहरुलाई आज दिसो १२ बजेसम्म औपचारिक कार्यक्रम गरेर विदाई गरिने छ । ४५ जना मध्य ८ जना निको भएपछि अब त्यहाँ ३७ जना कोरोना संक्रमित रहेका छन् ।