यी हुन् प्याज खाँदा हुने १० फाइदा

असार १६, २०७७


गर्मीमा प्याज खाए शितल हुन्छ भन्ने धेरैले सुनेका छौं। हामी सबैको घरमा सलादको प्लेटमा प्याज पक्कै हुन्छ। जति नै स्वादिलो परिकार भए पनि त्यसमा काटेको प्याज र हरियो चट्नी नभए जिब्रोलाई स्वाद पर्दैन।

जिब्रोको स्वादबाहेक प्याजले स्वास्थ्यमा पनि निकै फाइदा पुर्‍याउँछ। यसमा सोडियम, पोटासियम, फोलेट, भिटामिन ए, सि र इ, क्याल्सियम, म्याग्नेसियम र फोस्फोरस लगायतका पौष्टिक तत्व पाइन्छ। गुणकारी प्याजबारे जानौं।

१. मुटुका लागि राम्रो

प्याजमा फ्लेभोनोइड्स र थियोसल्फिनेट्स प्रचुर मात्रामा पाइन्छ। फ्लेभोनोइड्सले शरीरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ। थियोसल्फिनेट्सले रगतलाई धेरै बाक्लो हुन दिँदैन। यसले हृदयघातको जोखिम कम हुन्छ। क्याम्ब्रिज युनिभर्सिटी प्रेसको एउटा रिपोर्टले पनि रातो प्याजमा पाइने फ्लेभोनोइड्सले खराब कोलेस्टेरोला वा एलडिएल घटाउने बताउँछ।

२.  हड्डी बलियो बनाउँछ

यु. एस. डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएडिए) ले जनाए अनुसार एउटा प्याजमा करिब २५.३ मिलिग्राम क्याल्सियम हुन्छ। क्याल्सियमले हड्डी बलियो बनाउँछ। त्यसैले सलादमा प्याज राखे स्वास्थ्यलाई फाइदा पुग्ने देखिन्छ।

३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

प्याजमा हुने एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ। मिडिएटर्स अफ इन्फ्लेमेसनमा प्रकाशित एउटा अध्ययन अनुसार प्याजको रासायनिक संरचना निकै बलियो हुने भएकाले रोग प्रतिरोधात्मक क्षमताका साथै क्यान्सरसँग लड्ने क्षमता पनि बढाउँछ।

४. श्वासप्रश्वाससम्बन्धी समस्याका लागि उपयोगी 

प्याज एन्टिएलर्जेन हो। एलर्जीले श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउँछन्। डिएआरयु जर्नल अफ फार्मास्युटिकल साइन्सेसका प्रकाशित एक अध्ययन अनुसार प्याज खाए दमका बिरामीलाई सास फेर्न सजिलो हुन्छ। फ्लेभोनोइडका कारण यस्तो भएको हो।

५. आँखाका लागि उपयोगी

यतिबेला कन्जङ्कटिभाइटिस अर्थात् आँखा पाक्ने समस्या निकै फैलिन्छ। प्याजमा सेलिनियम पाइन्छ। यसले भिटामिन इ उत्पादनमा सहयोग पुर्यापउँछ जसले यो समस्या हुन दिँदैन। 

६. मुख स्वस्थ हुन्छ

मुख गन्हाउने भएकाले धेरै जसो प्याज खान मन गर्दैनन्। तर प्याजमा पाइने भिटामिन सिले मुखको स्वास्थ्य पनि राम्रो हुन्छ।

७. यौन स्वास्थ्यवर्धक

लिङ्ग उत्तेजित नहुने समस्या भए प्याज खाँदा फाइदा पुग्छ। बायोमोलिक्युल्स नामक जर्लनमा प्रकाशित अध्ययन अनुसार प्याजले इरेक्टाइल डिस्फङ्क्सन हटाउन सहयोग गर्छ। प्याज खाए पुरूषको टेस्टोस्टेरोन पनि बढ्छ।

८.  छालाको चमक बढाउँछ

प्याजमा भिटामिन ए, सि र के प्रचुर मात्रामा पाइन्छ। यसले छाला स्वस्थ हुन्छ। अनुहारको पोतो हटाउनुका साथै प्याजले हानिकारक युभी किरणबाट पनि सुरक्षा दिन्छ। फेश प्याकमा थोरै प्याजको रस राखेर अनुहारमा लगाउँदा डण्डिफोरबाट छुटकारा मिल्छ। छाला चम्किलो हुन्छ।

९. कपाल स्वस्थ हुन्छ

खासै वैज्ञानिक प्रमाण नभए पनि थुप्रै आयुर्वेदिक उत्पादनमा कपाल बढाउनलाई प्याजको रस प्रयोग हुन्छ। प्याज एन्टिब्याक्टेरियल भएकोले चायाँ र जुम्राबाट पनि टाढा राख्छ।

१०.  मिनोपजको लक्षणमा आराम पुग्छ

जर्नल अफ ब्रेस्ट क्यान्सरमा प्रकाशित अध्ययन अनुसार काँचो प्याज खाए महिनावारी बन्द हुँदा हुने समस्याबाट राहत दिन्छ। प्याजमा क्याल्सियम हुने भएकाले यस्तो हुन्छ।

उसो भए प्याजलाई काँचै खाने कि पकाएर?

क्लिनिकल न्युट्रिसनिस्ट डा. लभनित बत्राले बताए अनुसार काँचो प्याजमा सल्फर र एन्टिअक्सिडेन्ट धेरै हुने भएकोले काँचै खानु फाइदाजनक हुन्छ।
हेल्थ शट्स