शरीरमा फलाम तत्वको मात्रा कम हुँदा देखिने लक्षणहरू

साउन २७, २०७७


फलाम तत्व शरीरको लागि अत्यावश्यक एक प्रकारको खनिज पदार्थ हो, जुन हाम्रोको स्वास्थ्यका लागि अत्यावश्यक छ । हाम्रो शरीरमा रहेका सबै कोषहरूमा केही न केही मात्रामा फलाम मिसिएको हुन्छ । तर प्रायःजसो फलाम शरीरमा रहेको रातो रक्तकोषमा पाइन्छ । राता रक्तकोषहरूले हाम्रो फोक्सोबाट शरीरभरि अक्सिजन ढुवानी गर्छ ।

पोषकतत्वबाट ऊर्जा उत्पादन गर्न शरीरमा फलामको भूमिका महत्वपूर्ण हुन्छ । फलामको आवश्यकता पनि मानिसको स्वास्थ्य, उमेर र लिङ्गमा निर्भर हुने गर्छ । महिलाहरू पनि सुत्केरी र गर्भवती महिलाको लागि थप फलामको आवश्यकता पर्छ भने अरूको तुलनात्मक रूपमा पुरुषको लागि कम मात्रामा फलाम आवश्यक पर्ने न्युट्रिसन नेपालले जानकारी दिएको छ ।

एउटा वयस्क महिलाको लागिसमेत एकदेखि ३ ग्रामसम्म फलामको मात्रा शरीरमा सञ्चित हुनु आवश्यक हुन्छ ।

त्यस्तै, आइरनले स्नायु प्रणालीको प्रसारमा योगदान पु¥याउँछ । यदि हाम्रो शरीरमा आवश्यकभन्दा बढी फलामको मात्रा देखियो भने हाम्रो शरीरमा भविष्यका लागि यसको मात्रा सुरक्षित गरेर राख्ने सामथ्र्य समेत हुन्छ ।

औसत व्यक्तिले खानेकुराबाट आफूलाई चाहिने मात्रामा फलाम प्राप्त गर्ने गर्छ । तर त्यहाँ केही परिस्थिति हुन्छन् जहाँ हाम्रो आहारमा पूरक आइरनको मात्रा आवश्यक हुन्छ ।

फलामको कमीका कारण हुने एनिमिया छ ?

जब हाम्रो शरीरमा रहेका राता रक्तकोषिकाहरूमा पर्याप्त फलाम हुँदैन, त्यस्तो अवस्थालाई एनिमिया भएको मानिन्छ । शरीरमा पर्याप्त र स्वस्थ मात्रामा फलाम भएन भने शरीरमा रहेको रातो रक्तकोषिकाले प्रभावकारी रूपमा अक्सिजन पठाउन सक्दैन ।

रगतमा फलामको मात्रा कम हुँदा देखिने लक्षणहरू :

-थकान महसुस हुनु

-कमजोरी महसुस गर्नु

-चक्कर लाग्नु

-कुनै काममा ध्यान केन्द्रित गर्न कठिनाइ हुनु आदि ।

केटा र केटीको लागि बालापनको अन्तिम अवस्था वा किशोरावस्था अघिसम्म शरीरमा आइरनको मात्रा बराबर आवश्यक पर्छ । किनभने महिलाको मासिक धर्म सामान्यतया किशोरावस्था सुरु हुनुभन्दा पहिले हुँदैन ।

नवजात शिशुहरूलाई थोरै मात्रामा फलामको आवश्यकता पर्छ । उनीहरूले आमाको पेटमा हुँदा आमाको शरीरमा रहेको फलामको मात्रामा आधारित भएर आइरन प्राप्त गर्छन् ।

शिशुहरूलाई जन्मदेखि पहिलो ६ महिनासम्मका लागि दैनिक ०.२७ मिलीग्राम आवश्यकता पर्छ । जुन सामान्यतया स्वस्थ, स्तनपान गराउने शिशुहरूले आमाबाट नै त्यो मात्रा प्राप्त गर्छ ।

समय नपुगी जन्मिएको बच्चालाई अरूको तुलनामा धेरै फलामको आवश्यकता पर्छ । जन्मको समयमा कम तौल भएका बच्चाहरूलाई पनि धेरै मात्रामा फलामको आवश्यकता पर्ने न्युट्रिसन नेपालले जनाएको छ ।