सुनको मूल्य एकैदिन ६ हजार २०० घट्यो

साउन २८, २०७७


काठमाडौं । बुधबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार घटेर ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । 

गत साउन २३ मा तोलामा १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको सुनको मूल्य त्यससता भने क्रमशः घट्दै गएको हो । 

यस्तै तेजावी सुन तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १४३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १२१० रुपैयाँमा कारोबार भएको हो ।