सुनको भाउ तोलामा पुनः एक लाख नाघ्यो

भदौ ०२, २०७७


२ भदौ, काठमाडौं । सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ ।