बिबिसी १०० वमेनमा नेपालको अग्रणी स्थान

मङि्सर १०, २०७७     गोपाल डाँगी




अहिले चर्चामा रहेकी नेपाली महिला १९ वर्षीय सपना रोका मगर बिबिसी १०० वमेन अन्तर्गत विश्वभरबाट विशेष योगदान दिने नेपाली महिलामा यस सूचिमा पर्न सफल भएकी छिन् ।
बिबिसीले सन् २०१३ देखि २०२१ सम्म बिबिसी १०० वुमेन शृंखला सुरु गरेको हो । विश्वभरबाट शिक्षा, स्वास्थ्य, समान ज्याला, घरेलु हिंसा, लैंगिक हिंसाजस्ता शीर्षकलाई यस शृंखलाले समेट्ने गर्दछ । यसरी विभिन्न आधारमा छनौटमा परेकी सपना यस सूचिमा पर्ने पहिलो महिला भने होईनन् । नेपाललाई प्रतिनिधित्व गर्नेहरुमा थुपै्र महिलाहरु परिसकेका छन् । विभिन्न समयमा नेपालको प्रतिनिध्त्वि गर्दै उक्त उपाधि हात पार्ने महिलाहरुलाई आज हामि प्रस्तुत गर्दै छौ ।

सन् २०१६ : चनिरा बज्राचार्य र पर्वतारोही लाक्पा शेर्पा
रजस्वालाको बेलासम्म देवीका रुपमा पूजिने कुमारीहरु त्यसपछि सामान्य जीवनमा फर्किन्छन्। चनिरा बज्राचार्यले पूर्व कुमारीहरुलाई सामान्य जीवनमा फर्काउन सहयोगी सञ्जाल निर्माण गरेकोमा बिबिसीले १०० वुमेनको सूचीमा उनलाई समावेश गरेको हो भने पर्वतारोही लाक्पा शेर्पाले ७ पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरेकोले उनलाई सो सूचीमा समावेश गरिएको हो ।

२०१७ : इन्दिरा राना
उनले कैदी जीवन बिताईरहेका र उनिहरुका छोराछोरीलाई सहयोग गर्दै आएको बाफत यो सूचिमा समावेश गरिएको हो । उनी प्रीजनर्स असिस्टेन्स नेपालकी संस्थापक हो ।

२०१८ : उमादेवी वादी
वादी समुदायका महिलाको आत्मसम्मानका लागि सङ्घर्ष गरेको र वादी समुदायका महिला तथा केटाकेटीको उत्थानको काम गरे वाफत उनलाई सो सूचीमा समावेश गरिएको हो । उनलाई सो सूचीमा समावेश गरिएको हो । यो सूचीमा पर्ने उनी पहिलो वादी महिला हुन् साथै वादी सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सांसद पनि हुन् ।

२०१९ : बोनिता शर्मा
कुपोषणबाट बालबालिकाहरुलाई बचाउन ’पोषणमाला’ निर्माण गरेकी छ्न् । हातमा लगाउने सो मालाले आमाहरुलाई आफ्ना बच्चालाई कति बेला खुवाउने भन्ने बारे जानकारी दिन्छ ।

२०२० : सपना रोका मगर
१९ वर्षीय मगर उनी बेवारिसे शव ब्यवस्थापनमा संम्लग्न छिन् । यस बाफत उनीलाई यो सूचिमा समावेश गरिएको हो । साथै उनको यो अभियानमा बिनय जंग बस्नेतले पनि सहयोग गर्दै आएका छन् ।