परालको आगो जस्तै सल्केको कोरोना

बैशाख ३१, २०७८     नारायण वली


परालको आगो सल्कि सक्यो । अब हामी संम्यमित भएर आगो निभाउन लाग्नु पर्ने हुन्छ । यहाँ परालमा लागेको आगो निभाउने कुरा भने गरिएको होइन। यस लेखमा कोरोना भाइस (COVID-19) को कुरालाई अगाडि सार्न खोजिएको छ । पोहोर साल हो क्यारे एक जना मात्र कोरोना संक्रमित भेटिदा लकडाउन भयो । भाइबहिनीहरुको SEE परिक्षा रद्द भयो । त्यो पनि परिक्षा सुरु हुनु भन्दा ८ घण्टा अगाडि मात्र , परिक्षा दिन तयारीका साथ परीक्षा केन्द्रमा पुगेका बिद्यार्थीहरु लकडाउनमा फसे,बिकट गाउका बिद्यार्थीहरु त ४/५ दिन हिडेर पुगेका थिए । बिद्यार्थीहरु कोसौकोस टाढा रहेको आफ्नो घरतिर फर्किदै थिए परिक्षा सुरु हुने समय बढ्दै थियो । कोरोनाका बिरामी पनि लकडाउन हुदाखेरीका भन्दा धेरै थपिदै थिए । नेपाल सरकारले बिद्यार्थीहरुलाई जोखिममा राखेर भए पनि परिक्षा गराउने निर्णय गर्+यो । परीक्षा सकियो । कोरोनाका बिरामी घट्दै गएका थिए । त्यति जटिल संक्रमण पनि थिएन । होम आइसोलेशनमा बसेर पनि कोरोना जित्न सकिन्थ्यो । केहि दृर्घ रोगीहरुले कोरोना संग युद्ध हारेका थिए । त्यतिखेर संक्रमण दर थोरै थियो। मृत्युदर त झन फाटफुटरुपमा झन थोरै थियो । त्यतिखेरको सरकार जिम्मेवारी थियो । त्यतिखेरका जनताहरु जिम्मेवार थिए । नयाँ रोग देखेर तर्सिएका थिए। बिरामी थोरै थिए । थोरै बिरामीले सजिलै उपचार पाएका थिए । सजिलै उपचार पाएर मृत्युुदर पनि घट्यो । हामी हाम्रो छिमेकी मुलुक संगको खुला सिमानाका कारण पनि संबेदनसिल हुन्छौं । त्यतिखेर हामीले हाम्रा खुल्ला नाकाहरु सबै सिल गरेका थियौ । बाहिरको मुलुकबाट आउने दाजुभाइहरुईलाई निग्ररानीका साथ क्वारेन्टाइनमा १४ दिन बसालेर चेकजाँच गरेर मात्र समुदायमा पठाएका थियौ । परिवारसंग बस्न दिएका थियौ । र पो त कोरोनाको पहिलो महामारीसंग लड्न सकियो । लापरबाही गरेर पहिलो लहरसंग हारेका मुलुकहरु पनि उदाहरणमा छ । जवकी उसको क्षमता थियो । खोप बनाई लगाएर नियन्त्रण गर्न सक्यो । जस्तो अमेरिका हारेर पनि जित्यो । जस्तो चीन आफ्नो राष्ट्रलाई खोप सर्वत्र बनाएर कोरोना संगको युद्ध जित्यो।

यी त भए पहिलो चरणका नमुना र हारजित, अब हामी कुरा गर्छौं दोस्रो लहरको परालमा लागेको आगो जसरी फैलिदै छ । हामीलाई मतलब छैन कि लापरबाही गरे कोरोनाको सिकार हुन्छौं । थाहा छ हुदाहुदै पनि हामी बेसंबेदनसिल छौ । चिनजानको साथी बिरामी भए स्वास्थ्य लाभको कामना गर्छौ । १ /२ दिन नबित्दै चिर सान्तीका लागि श्रर्दानजलीको समाचार कानमा गुन्जिएको सुन्छौ । अतालिए आफै बिरामी हुन्छौं । हस्पिटल पुगेर प्राण वायु नपाएर तड्पी तड्पी मर्न बाध्य हुन्छौं । सबै कुरा थाहा छ तर हाम्रो ब्यबहर परिवर्तन गर्न सकेनौं । लापरबाही गरेर १ जनाले १० जनालाई कोरोना भाइरस सारिरहेकाछौ ।भाइरस सार्दा सार्दै हामी मरिसकेका हुन्छौं । सामाजिक सञ्जाल भरी समाचारले आगो दन्काइरहेको हुन्छ । गल्ती हामीबाट भएको हो। हामीले कसैलाई पनि रोग सर्दैनौ नि हाम्रो आयो लामो हुन्छ । किनकी भईसरले असर गर्ने क्षमता राख्दैन । हामीले जति धेरै जनालाई रोग सार्दै गयो त्यति छिटो हाम्रो आयो घटिरहेको हुन्छ ।

दोस्रो लहरबाट हामी यती धेरै बिरामी हुन सक्छौ । जुन कसैले अनुमान गर्न सक्दैन । यस्तै लापरबाही गर्दै गएपछि नियन्त्रण भन्दा बाहिर जान्छ । अहिलेको सरकार पनि संबेदनसिल छैन। कुर्सीको लागि लडिरहेको छ । हुन त पहिलो लहरबाट बिजय भएको सरकार हो। कोरोनाले कुन दिन कति मरे र कति संक्रमित भए थाहा छैन । महामारीका लागि संबेदनसिल हुनु पर्ने सरकारहरु संबेदनसिल छैनन । तिनवटै सरकार सुतिरहेका होलान् । स्थानिय स्तरमा कोरोना नियन्त्रण गर्ने स्थानिय सरकारलाई कार्यक्रम गर्न ठिक्क छ । गाउँ तिर भित्र भित्रै कोरोना फैलिसकेको छ । फैलिएको प्रमाण त छैन तर महामारी हो । कतिखेर कहाँ जान्छ पत्तै हुदैन । हामीले रुघाखोकी भनेर ढाटिरहेकाछौ । हामीले ढाट्नु भनेको त झन रोग फैलाउनु हो । गाउघरमा त यति धेरै लापरबाही छ कि कोरोना पोजेटिभ भएको बिरामी आसोलेशनमा छैन । उ कोरोनाको विज्ञापन गर्दै होटेल होटेलमा छिर्छ। साथीभाइ भेला गराएर कोरोना कै गफ दिन्छ ।बाटोमा हिडिरहेको हुन्छ । साझ बिहान बजारमा देखिन्छ । कोरोना पोजेटिभ छु भन्ने थाहा छ तर दोस्रो ब्यक्तिलाई भन्दैन । घिर्णा गर्छन भनेर रोग लुकाएर हिडिरहन्छ । होम आसोलेशनमा बस्ने जन्ने बुझ्ने ब्यक्तिहरु मात्र संबेदनसिल छन । अरुले त परिवरमा, समुदायमा रोग सारिरहेका छन। यसरी परालको आगे सरी फैलिएको भइसले असर गरेको त्यतिखेर मात्र थाहा हुनेछ कि समुदायका मान्छेहरु मरेर भारतको जस्तै चिता चढ्न लाइन लाग्ने छन । देशका कुनै नाकाहरु सिल छैनन । कोरोना बोकेका दाजुभाइ दिनहु दिन आइरहेका छन । नाकामा कुनै निगरानी छैन । उनीहरू त सिधै घरमा पुगेर परिवार संग बस्छन । क्वारेन्टाइनको पनि व्यवस्था छैन । कोरोनाको दोस्रो लहरले विश्वमा नेपाल दोस्रो स्थान पुगेको छ। सबै उत्पादनसील जनसक्ती मरिरहेका छन। सरकारले लकडाउ समेत गर्न सकेको छैन । चीन र अमेरिका संवेदनशील छन र दोस्रो लहरले त्यति असर गरेको देखिन्न । भारत संवेदनशील नबनेर भ्यक्शीनको ब्यपार गर्न थाल्यो । दोस्रो लहर समुदायमा छिरेको थाहै पाएन । यति धेरै थला परिसकेछ कि अस्पतालमा उपचार गर्ने ठाउँ त छदैछैन। मरेपछि अन्तिम दास संस्कार गर्ने ठाउँ पनि छैन । घाटहरु लासले भरिएका छन । जल्ने पालो कुर्दैछन । हाम्रो समुदायमा पनि य‍ो दिन नआउला भन्न सकिन्छ । महामारीको घडीमा हरेक स्थानीय तहरु संमेमित भएर टोल टोलमा परिक्षणको दायरा बढाउनु पर्छ । अस्थायी अस्पताल बनाउदै बिरामीहरुको उपचार गर्नुपर्छ । प्राण वायु अक्सिजन उपलब्ध गराउनुपर्छ । सरकार मात्र नभएर हामी सबै कोरोना बिरुद्ध लड्नका लागि काधमा काध मिलाएर लाग्नु पर्छ ।