राप्ती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट निर्माणकालागि एक करोड ५० लाख रकम

जेठ ०४, २०७८     सम्पूर्ण कुरा


दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालले अक्सिजन प्लान्ट निर्माणकालागि एक करोड ५० लाख रकम पाउने भएको छ । उक्त रकम अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सहमति दिईसकेको छ ।

सोही रकमको सीमामा रही खरिद पक्रिया अघि बढाउन अर्थमन्त्रालयले सहमति दिएको हो । यो संगै देशभरका ११ अस्पतालले अक्सिजन प्लान्ट र पाइपलाईन विस्तारकालागि बजेट पाउने भएका हुन् ।