कोरोना अपडेट : १४५ जनाको मृत्यु, ६७१४ नयाँ संक्रमित, निको हुनेको संख्या ६७१६

जेठ १२, २०७८     सम्पूर्ण कुरा


कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मुृत्यु भएको छ।

सोही अवधिमा देशभर ६ हजार ७ सय १४ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ छ।

यस्तै कुल संक्रमितमध्ये उपत्यकामा मात्रै १ हजार ४ सय ९३ जना छन्। जसमध्ये काठमाडौंमा १ हजार १ सय ३९, भक्तपुरमा १ सय १३ र ललितपुरमा २ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो।