सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

भदौ १७, २०७८


भदौ १७, आज बिहीबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । आज सुनको मूल्य बुधबारको तुलनामा प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ ।

महासंघका अनुसार बुधबार ९० हजार ५०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन भने ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने थोरै उकालो लागेको छ । बुधबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ वृद्धि भई १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।