भोइस अफ नेपाल सिजन ३ विजेता किरण गजमेरको ‘एकै छिनु’ सार्वजनिक

असोज ०३, २०७८


असोज १, प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड ‘एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार गोपाल लोहारको शब्दमा रहेको गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीत दिएका छन् । गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ । गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ ।

गोदावरीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई श्याम तामाङ्गले छायांकन गरेका हुन् । भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो। गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।