२४ घण्टामा १३३० कोरोना संक्रमित थपिँदा १८३० संक्रमणमुक्त, ५ जनाको मृत्यु

असोज ०५, २०७८


sharethis sharing button
facebook sharing button
twitter sharing button

असोज ५, पछिल्लो २४ घण्टामा नेपालमा १३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ । त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन् भने संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ। 

यस्तै हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन् । यस्तै, काठमाडौं उपत्यकामा थप ४०२ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।