‘द भ्वाइस किड्स’ का ४ कोच

असोज ०७, २०७८


‘द भ्वाइस अफ नेपाल’ को तेश्रो सिजन भव्यताका साथ सम्पन्न गरेपछि हिमालय टीभी एचडीले बालबालिकाहरुका लागि गायन रियालिटी शो द भ्वाइस किड्स प्रशारण गर्ने तयारी गरेको छ, यो शोमा ६ देखि १४ बर्षका बालबालिकाहरुले सहभागीता जनाउनेछन् । बालबालिकाहरुको अडिसन सम्पन्न भैसकेको आयोजकले जानकारी दिएको छ ।

अहिले अडिसनबाट छानिएका बालबालिकाहरु ‘ब्लाइन्ड अडिसन’ को तयारीमा व्यस्त छन् । आइतबारबाट ‘ब्लाइन्ड अडिसन’को छायांकन सुरु हुनेछ । यो शोलाई कात्तिकबाट प्रशारण गर्ने तयारीमा आयोजक जुटेको छ । तर, बालबालिकाहरुको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले संचालन गर्न लागिएको यो रियालिटी शोका लागि ४ जना कोचहरु भने फाइनल गरिएको छ ।

जसमा दुई जना कोचहरु ‘द भ्वाइस अफ नेपाल’ कै छन् । यो शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रुपमा रहनेछन् । यस्तै, कोचकै रुपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी रहने पक्का भएको छ । यो शोलाई ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले नै निर्देशन गर्नेछन् ।