साफ च्याम्पियनसिप आज देखि, नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दै
असोज १५, दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । नेपालले पहिलो दिनै घरेलु माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियन समेत हो । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
यसअघि नेपाल र माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि तालिका थोरै परिवर्तन भएकोले अब बंगलादेश र श्रीलंकाबीच पहिलो खेल हुनेछ । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमा भएको साफमा नेपाल सेमिफाइनलमा नेपाल त्यही माल्दिभ्सँग पराजित हुँदै फाइनल पुग्नबाट बञ्चित भएको थियो । यद्यपि नेपालका कप्तान किरण चेम्जोङले माल्दिभ्सलाई होम एडभान्टेज, घरेलु समर्थक हुनेछन् ।
तर, यसले फरक पार्दैन, हामी गोर्खाली हौँ, हामीले विश्वमा इतिहास बनाएका छौँ, सारा विश्वले गोर्खाली चिन्छन्, हामी कसैसंग डराउने छैनौँ, कप्तान किरणले भने, ‘होम र अवेले फरक पार्दैन, हामी कडा फाइट गर्छौँ, हामी माल्दिभ्सका समर्थकलाई सम्मान गर्छौं । हामी साफका लागि तयार छौँ, हामी अहिलेसम्म फाइनल पुगेका छैनौँ, यस पटक फाइनल पुग्ने प्रयास गर्ने छौँ ।






