पर्यटनमा मेटमणि र रक्षा मन्त्रालयमा झाँक्रीलाई पठाउने नेकपा (एस) को तयारी
असोज २०, २०७८
असोज २०, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालयको भागबण्डा टुँगो लगाए सँगै सरकारमा सहभागी हुने दलका नेताहरुसँग मन्त्रीको नाम मागेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले चार वटा मन्त्रालय र एक राज्यमन्त्री पाएको छ । अध्यक्ष नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
खतिवडा सहरी विकास मन्त्री, रामकुमारी झाँक्री रक्षा, मेटमणि चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, जीवनराम श्रेष्ठ युवा तथा खेकलुद र राज्यमन्त्री किसान श्रेष्ठलाई पठाउने निश्चित् भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । चौधरीले आफूलाई पर्यटन मन्त्रालयको नेतृत्व दिने पार्टीभित्र सहमति भएको प्रतिक्रिया दिए, चौधरीले भने पर्यटन मन्त्रालयमा मलाई पठाउने सहमति भएको छ, अध्यक्षज्यूले पनि यही भन्नुभएको छ ।






