‘चिसो मान्छे’ को पोस्टर सार्वजनिक, वैशाखमा प्रदर्शन हुने

असोज ३१, २०७८


निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘चिसो मान्छे’आउँदो वैशाखमा प्रदर्शन हुने भएको छ । निर्देशक खनालले सामाजिक सञ्जाल मार्फत् फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म ३० वैशाख २०७९ मा प्रदर्शन हुने जानकारी दिएका हुन् । फिल्मको छायांकन, लेखन तथा निर्देशन सबै खनालले नै गरेका छन् । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन्।

चिसो मान्छको मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का तथा अभिनेता अर्पण थापा रहेका छन् । देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतको अभिनय फिल्ममा छ । मानिसहरुमा भएको नैराश्यताको कथालाई समेटिएको फिल्म काठमाडौं देखि सुदूरपश्चिमको बाजुरासम्म खिचिएको निर्देशक खनालले बताएका छन् ।