अमेरिकाले दिएको फाइजर खोप काठमाडौं आइपुग्यो
कार्तिक ०८, २०७८
कात्तिक ८, अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।
यसअघि पनि अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप दिएको थियो । यो खोप एक डोज लगाए मात्र पुग्छ । अहिले दिएको फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई पनि लगाउन मिल्छ । यो खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानमा देखिएको छ ।
फाइजर खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ । यसपछि अमेरिकाबाटै ६० लाख फाइजर खोप खरीद गर्न लागिएको छ । पुसम्म आउने खोप बालबालिकालाई लगाइनेछ ।






