फिल्ममा फर्किए राजेश, पल र मलिका ‘सत्यम’को सुटिङ कार्यशाला सुरु

कार्तिक १२, २०७८


कलाकारहरु राजेश हमाल, पल शाह र मलिका महत कोरोना महामारीपछि फिल्मको काममा फर्किएका छन् । यसबीचमा उनीहरु म्युजिक भिडियो सहितका कामहरुमा व्यस्त थिए । बिहीबार देखि कास्कीको धम्पुसमा सुरु भएको फिल्म सत्यमको कार्यशालामा उनीहरु ज्वाइन भएका छन् । आज उक्त कार्यशालाबाट सार्वजनिक भएको तस्बिरमा राजेश, पल, मलिकासहित फिल्मका अन्य सदस्यलाई आकर्षक माछापुच्छ्रे्र हिमालको पृष्ठभूमिमा देख्न सकिन्छ ।

कोरोना महामारीपछि यी तीनै जना कलाकारले पहिलो पटक सत्यममा काम थालेका हुन् । बिग बजेटको यो नेपाली फिल्मको अधिकांश छायांकन पर्यटकीय नगरी पोखरामा हुँदैछ भने त्यहाँ भव्य सेटको निर्माण पनि भएको छ । उक्त सेटमा हेलिकोप्टर दुर्घटना जस्ता धेरै सिनेम्याटिक इभेन्टलाई कैद गरिने भएको छ । हमालको मुख्य भूमिका रहने यो फिल्ममा पल र मलिकाले अनस्क्रिन रोमान्स गर्नेछन् ।