प्रधानन्यायाधीशविरुद्ध नेपाल बारमा वकिलहरूको प्रदर्शन

कार्तिक २२, २०७८


कात्तिक २२, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् । सोमबार बारबाट सर्वोच्च अदालत प्रांगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ ।

वकिलहरूले तिहार अघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले प्रदर्शनलाई निरन्तरता दिएको हो । १२ कात्तिकमा बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको थियो । तर, जबराले अहिलेसम्म राजीनामा नदिएपछि आन्दोलन चर्काउने तयारीमा बार छ ।