व्यवसायिक जिवन कांग्रेसमा समर्पण

मङि्सर ०६, २०७८     शरद रेग्मी



तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय आमन्त्रीत सदस्य समेत रहेका तुलसीपुर उपमहानगरपालिका—५ निवासी विमल रिजाल खासगरी व्यवसायिक दिर्घामा अत्यन्त परीचित नाम हो । व्यवसायसंगै सामाजिक रुपान्तरणमा पनि एउटा पृथक र अर्थपुर्ण भुमिकामा रहेका रिजाललाइ समाज रुपान्तरणको ऐनाका रुपमा पनि लिन्छन तुलसीपुरबासीले । उनी रिजाल अहिले नेपाली कांग्रेसको राजनितिमा आफ्नो बांकि जिवनलाइ समर्पण गर्ने अभ्यासमा छन, पार्टिले दिएको जिम्मेवारी र भुमिकामा ।

करिव तीन दशक भन्दा बढि सक्रिय रुपमा व्यवसायिक जिवन विताएका रिजाल उद्योग वाणिज्यसंघको खुला तर्फ केन्द्रिय सदस्यको प्रत्यासी बनिरहंदा मेची महाकाली सम्म उनको परिचय स्थापित भयो । अव सक्रिय व्यवसायीक जिवनलाइ साइड लगाएर बांकि जिवन कांग्रेसको राजनितिमा विताउने सोचमा छन् रिजाल ।

कुनैपनि लोकतान्त्रिक पार्टिलाइ चलायमान र गतिशिल बनाउन हरेक क्षेत्रका अनुभवहरु चाहिन्छ, त्यसैले व्यवसायीक क्षेत्रको अनुभवलाइ अव पार्टिको निति निर्माण तहसम्मै लैजान हामी व्यवसायीहरुपनि नेतृत्व तहमा पुग्नु आवस्यक छ भनेर आफुले सक्रिय राजनिति सुरु गरेको रिजाल बताउंछन, तर नेतृत्वसम्म पुर्याउने जिम्मा भने उनले आम कांग्रेसजनहरु र अग्रज नेतृत्वलाइ सुम्पन्छन ।

उद्योग वाणिज्यसंघको नेतृत्वमा रहंदा रिजालले तुलसीपुरको बन्द प्राय भएको टरीगाउ विमानस्थललाइ पुनः सन्चालनमा ल्याउन खेलेको भुमिकालाइ यहां लेखिरहनु पर्दैन, किनकि मुलुक जनप्रतिनिधिविहिन भैरहंदा त्यसको भुमिका तुलसीपुर उद्योग वाणिज्य संघले नै खेलेको थियो । उनी आफै जहाज टिकट विक्रिको जमानी बसेपछि बल्ल निजि विमान कम्पनीले तुलसीपुरमा फेरी जहाज उडान सुरु गर्यो । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहल निर्माणमा होस वा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा व्लड बैंक भवन निर्माण र सन्चालनमा पनि रिजालको भुमिका अद्धितिय थियो ।

लायन्स क्लव, रोटरी क्लव ,नेपाल तेक्वान्दो सङघ लुम्बिनि प्रदेशका अध्यक्ष लगायतका थुप्रै सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायि भुमिका खेलेका रिजाल कांग्रेसमा मात्र नभएर हरेक तुलसीपुरबासीको मन मष्तिस्कमा भिजि सकेका छन ।

पछिल्लो समयमा देखिएको विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ नियन्त्रण, व्यवस्थापन, विरामीको उपचार र अलपत्र यात्रुहरुलाइ भोजनको व्यवस्थापनमा समेत रिजालको समन्वयात्मक भुमिकालाइ अक्षरमा उतारि रहनु पर्दैन । कोरोनाको दोस्रो झड्कामा मुलुक अक्सिजनको अभावमा कति व्याकुल भएको थियो कि, त्यसवेला तुलसीपुर क्षेत्रका विरामीलाइ अक्सिजनको जोहो गर्न पनि रिजालको भूमिका अपरिहार्य रह्यो ।

खासमा रिजाल खाद्य उद्योग तुलसीपुर फ्लोर मिल सन्चालनबाट व्यवसायलाइ उचो बनाउंदै आएका रिजाल पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा पनि परिचय बनाउन सफल छन । तुलसीपुर क्षेत्रमा निजि क्षेत्रमा विशेषज्ञ चिकित्सक सहितको अस्पताल चाहिन्छ भन्ने कुरालाइ मध्यनजर गर्दै उनी तुलसीपुर सिटि अस्पताल सन्चालनमा ल्याउन पनि अग्रणी भुमिकामा देखिए ।

वातावरणीय प्रदुषण पनि पछिल्लो समयमा ठुलो चिन्ताको विषय बनिरहेका वेला तुलसीपुरको पहिचानलाइ स्थापित गर्न उनले थालेको क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर अभियान पनि एउटा पृथक अभियान हो । जसले तुलसीपुरलाइ सफा स्वस्छ र हराभरा बनाउन सपना बोकेको छ । यद्यपी यो अभियान पछिल्लो समयमा तुलसीपुर उपमहानगरपालिकाले सन्चालनको जिम्मा पाएको छ ।

उनै सामाजिक एवं व्यावसायीक अभियन्ता रिजाल अहिले कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चयन भएर महाधिवेशन प्रतिनिधि सम्म बन्ने बाटोमा छन । त्यसकालागी उनले निर्वाचन क्षेत्र नंवर ३ बाट आफ्नो उम्मेदवारी समेत घोषणा गरेका छन । वि.सं २०४६ सालमा काठमाण्डौमा पढ्दा देखिनै नेपाली कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीसंग निकट रहेका रिजाल शशांक कोइराला, मिनेन्द्र रिजाल, स्वर्गिय खुम वहादुर खड्का, शेखर कोइराला समेतको सम्पर्कमा रहन पुगेपछि नेपाली कांग्रेसको क्रियाशिल राजनितिमा पनि शुभचिन्तक र सहयोगी बन्दै आए ।

‘मेरो व्यक्तिगत इन्ट्रेष्ट पनि हो, अग्रज नेताको अनुरोध पनि भएकाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएको हुं, मैले यस क्षेत्रका सवै क्षेत्रीय प्रतिनिधिहरुसंग अमुल्य मतको अपेक्षा गरेको छु’, तपाइको अमुल्य मतलाइ खेर जान नदिई कांग्रेसलाइ नविनतम पार्टि बनाउन मेरो सक्रिय भुमिका रहने छ’, रिजालले आग्रह गरे ।